नेपाल फेरीपनि उपाधिबाट चुक्याे, म्यानमार ३-१ ले विजयी

0

नेपाली महिला फुटबल टिम फेरी एकपटक उपाधि जित्नबाट चुकेको छ । भारतमा भएको महिला गोल्डकपको फाइनलमा म्यानमारसँग तीन एकले पराजित भएपछि नेपालको अन्तराष्ट्रिय उपाधि जित्ने सपना फेरी पनि तत्कालकालागि लम्बिएको छ ।

उडीसा स्थित कालिंगा रंगशालामा भएको फाइनलमा नेपाल म्यानमार विरुद्ध कमजोर देखियो । टेक्निकल रुपमा नेपाल भन्दा उत्कृष्ट देखिएको म्यानमारले खेलको ३४ औं मिनेटमा अग्रता बनायो । उसकालागि ई ई उ ले गोल गरीन । नेपालको डिबक्समा पाएको बललाई उनले पोष्टको दिशा दिइन ।

एक गोलले पछि परेको नेपालले ४५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । नेपालका लागि मञ्जली योञ्जले गोल गर्न सफल भइन । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा म्यानमार नेपालमाथि पुरै हावी भयो । जसका कारण उनले दुई गोल गर्न पुग्यो । खेलको ५३ औं मिनेटमा विन तोङले गोल गर्न सफल भइन । त्यसको ५ मिनेटपछि फेरी नेपाल गोल खानबाट बालबाल बच्यो ।

६२ औं मिनेटमा नेपाल विरुद्ध म्यानमारले तेस्रो गोल थप्यो । उसकालागि इ उ ले ब्यक्तिगत दोस्रो गोल गर्न सफल भइन । उनले डिबक्स नजिकैबाट गरेको प्रहार नेपाली गोलकिपरले रोक्न सकिनन् । त्यसपछि नेपाल खेलमा फर्कन सकेन र पराजित भयो ।

Post Add 1025X115
Loading...