रोलीले भने ‘नेपाल र नेपालीले सम्मानका लागि लगाइदिने खादा मन पर्‍यो’

0

शनिबार काठमाडौंमा हुन लागेको आईएफबीबी बडि विल्डीङ प्रो क्वालिफायरको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताका लागि जज तथा खेलाडीहरु काठमाडौं आइपुगेका छन् ।

काठमाडौंका प्रज्ञाभवनमा विहान ८ बजे पछि शुरुहुने प्रतियोगितामा २० जना खेलाडीहरुले सहभागीता जनाउँदै छन् । ओलम्पियाका लागि छनोट हुन प्रो कार्ड आवश्यक पर्ने भएकाले नेपालमा पहिलो पटक आईएफबीबी लिग नेपालले आयोजना गरेको हो ।

प्रतियोगितामा नेपाल सहित भारत, कतार, इरान, सिरिया, साउदी अरेबीया र यूएईका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको मूख्य आकर्षणका रुपमा नेदरल्याण्ड्सका रोली विंक्लारले गेस्ट पोज दिने भएका छन् । नेपालबाट एक जना महिला सहित ६ जना खेलाडीले सहभागिता जनाउने आईएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले जानकारी दिए ।

प्रतियोगितबाट अन्तिम पत्रकार सम्मेलनमा गुरुङले नेपालमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गर्दा रोली विंक्लार आउनु ठूलो खुसीको कुरा भएको बताए । भिजिट नेपाल २०–२० का संयोजक तथा व्यवसायी सुरज बैद्यले विंक्लारलाई स्वागत गर्दै यस्तो प्रतियोगिताले नेपाललाई विश्वमाझ चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकारको जिज्ञषामा रोलीले नेपाल आफूलाई साह्रै मन परेको प्रतिक्रिया दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमानै आफूले न्यानो स्वागत पाएको बताउँदै आफूले हरेकले सम्मानका लागि खादा लगाईदिने प्रचलन अनौठो लागेको बताए ।

Post Add 1025X115
Loading...