भुटानमा आर्मी सानदार जितसँगै सेमिफाइनलमा

0

भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ । घरेलु टिम थिम्पु सिटीलाई आर्मीले ६–० को गोल अन्तरले पाखा लगायाे ।

आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक–एक गोल गरे । आर्मीले थिम्बु विरूद्दकाे खेलमा पहिलो हाफमै ४ गोल गरेको थियो । ५ मिनेटमै कप्तान भरत खवासको मार्फत अग्रता बनाएकाे आर्मीले ३१ औ मिनेटमा नवयुग श्रेष्ठका गाेल मार्फत अग्रता दोब्बर बनायाे । त्यसपछि ३६ मिनेटमा भरत खवासले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

४५ मिनेटमा विमल पाण्डेले गोल गर्दै आर्मी पहिलो हाफमै ४–० ले अगाडी रह्याे ।  त्यसपछि ७७ अाैं मिनेटमा सन्तोष तामाङले गोल गरे भने ८५ मिनेटमा आर्मीले उपहार गोल प्राप्त गर्यो । जसका कारण आर्मीले प्रभावशाली जित निकाल्याे । प्रतियोगितामा नेपालका दुई क्लब, भारतका ४ क्लब सहित १२ क्लब रहेका छन् ।

Post Add 1025X115
Loading...