फाइनल भिडन्तका लागि नेपाली टिम मैदानमा पुग्याे

0

महिला गाेल्डकपकाे उपाधिकालागि नेपाल र म्यानमार विच प्रतिस्पर्धा हुन गइरहेकाे छ । जसका लागि नेपाली महिलाे टिम भवनेश्वरकाे लारिंगा मैदानमा पुगिसकेकाे छ ।

भारत पनि साफ च्याम्पियनसिप र ओलम्पिकको तयारीमा रहेकाले नेपाल सहित म्यानमार र इरानलाई बोलाएर हिरो महिला लिगको आयोजना गरेको हो । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुआत गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुआत गरेको थियो । फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा थिए ।

फाेटाेः एन्फा

प्रतियोगितामा सबैभन्दा कम वरियतामा रहेको नेपालले म्यानमारसँग पराजित हुँदा बाँकी दुवै खेलमा जित निकालेको थियो । भारतमाथि २–१ को जित निकालेको नेपालले अन्तिम खेलमा इरानमाथि ३–० को फराकिलोे जित दर्ता गर्न सफल भयो ।

इरानले कुनै पनि खेल नजित्दा भारतले एक खेल जित्यो भने २ खेल जितेको नेपाल र तीन खेल नै जितेको म्यानमार फाइनलमा पुगेका हुन् ।

Post Add 1025X115
Loading...