बार्सिलाेनाद्वारा प्रशिक्षक भाल्भेडेकाे सम्झाैता एक बर्ष नविकरण

0

स्पेनीस क्लव बार्सिलोनाका प्रशिक्षक ईनेस्टो भाल्भेडेले क्लवसँग एक बर्षको नयाँ सम्झौता गरेका छन ।

५५ बर्षे स्पेनीस प्रशिषक भाल्भेडे सन् २०२०–२१ को सिजनसम्म बार्सिलोनालाई सम्हाल्ने भएका छन । बार्सिलोनाका पूर्व खेलाडी भाल्भेडेले सन् २०१७ को मे महिनामा लुइस एनरीकलाई रिप्लेस गरेका थिए । प्रशिक्षक भएको पहिलो सिजनमा नै उनले ला लिगा र कोपा डेल रे को उपाधि जितेका थिए ।

जारी सिजनको ला लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनाको ५१ औ स्थानमा छ । उसले दोस्रो स्थानको चिरप्रतिद्धन्द्धी रियल मड्रिड भन्दा ६ अंक ले अगाडी रहेको छ । यो सिजन सकिएसँगै उनको सम्झौता सकिने हुँदा क्लवले उनलाई थप एक बर्षकालागि सम्झौता नविकरण गरेको हो । उनले अहिलेसम्म ९६ खेलमा ६५ खेलमा जीत दिलाएका छन ।

Post Add 1025X115
Loading...