रामाेसलाई २ खेलकाे प्रतिबन्ध लाग्ने संभावना

0

रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसमाथि युइएफपिएले २ खेलकाे प्रतिबन्ध लगाउने संभावना बढेकाे छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको प्रिक्वाटरफाइनलकाे  पहिले लेगमा पहेंलो कार्ड खाएका रामोसले सोलाई लिएर दिएको प्रतिक्रियामाथि युएइफले छानविन सुरू गरेकाे छ ।

उनले अजाक्सविरूद्धको खेलमा कासपर डोलबर्गलाई फल गरेपछि पहेंलो कार्ड खाएका थिए। जसका कारण उनले दाेस्राे लेग गुमाउने पक्का छ भने यदी उनले जानाजान फल गरेकाे प्रमाणित भए २ खेलकाे थप प्रतिबन्ध लाग्नेछ । खेलपछि रामाेस अाफैले ट्वीटरमा साे खेलमा जानाजान फल गरेको स्वीकार बताएका थिए ।

रामोसको याे भनाइपछि बिहिबार रामोस विरूद्ध अनुशासन समितीको छानविन सुरू भएकाे छ ।

Post Add 1025X115
Loading...