टोटेनहमले १२ महिना नबित्दै काेरीयन खेलाडी सनकाे तलव बढाउने

0

दक्षिण कोरीयन खेलाडी सन ह्युँ मिङलाई टोटेनहमले नयाँ सम्झौता गर्ने भएको छ । गत जुलाईमा ५ बर्षको सम्झौता गरेको सनको यो सिजनको प्रदर्शनबाट प्रभावित भएर क्लवले साताको एक लाख ५० हजार पाउण्ड पाउने गरि बम्पर अफर गरेको छ ।

यो सिजनको अन्तिमसम्ममा क्लवले सनलाई नयाँ सम्झौता गर्ने जनाएको छ । १२ महिना भित्रमा दोस्रो पटक उनको तलव बढाउने तयारीमा रहेको टोटेनहमले अर्को सिजन देखि लागु हुनेगरी सम्झौता गर्नेछ । उत्कृष्ट फर्ममा रहेको सनले यो सिजन प्रिमियर लिगमा २३ खेलमा १६ गोल गरेका छन । हालै भएको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा पनि सनले बोरुसिया विरुद्ध गोल गरेका थिए ।

सनले हालको सम्झौता अनुसार साताको एक लाख १० हजार पाउण्ड तलव पाउदै आएका छन । अब नयाँ सम्झौतापछि उनी डेली अलीले पाउने रकम जति नै पाउनेछन । डेलीले पनि साताको एक लाख ५० हजार पाउण्ड पाउदै आएका छन । टिममा खेलाडीको प्रदर्शन र बरियता अनुसार क्लवका प्रमुख डेनीयल लेभीले खुल्ला मनले तलव बढाउने गरेका छन । जुन सनको हकमा पनि लागु हुन्छ ।

Post Add 1025X115
Loading...