जिरूड र राेसकाे गाेलमा चेल्सीकाे जित

0

युरोपा लिगमा चेल्सीले माल्मो फुटबल क्लवलाई दुई एकले हरायो ।

स्विडीस क्लव माल्मो विरुद्धको जितमा चेल्सीकालागि रोस बार्रक्ले र ओलिभर जिरुडले एक एक गोल गरे । माल्मोको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३० औं मिनेटमा अग्रता बनायो । उसकालाग रोसले पेद्रोको पासमा गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले अगाडी रहेको चेल्सीले ५८ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि जिरुडले विलियमको पासमा गोल गरे ।

घरेलु मैदानमा दुई गोलले पछि परेको माल्मोले ८० औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका एन्द्रेस क्रिस्टियनले रोजेनबर्गको पासमा गोल गरेका थिए । तर त्यसपछि माल्मो घरेलु दर्शकमाझ थप गोल फर्काउन सकेन र पराजित भयो । अब चेल्सीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।

Post Add 1025X115
Loading...