युराेपा लिगमा आर्सनल १-० ले पराजित

0

युरोपियन फुटबल प्रतियोगिता युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएकाे छ ।

आज विहान भएको खेलमा आर्सनल बाटे फुटबल क्लवसँग एक शुन्यले पराजित भयो । बाटेको घरेलु मैदानमा भएको खेलमा स्तानिस्लोभ ड्रागुनको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिममा ड्रागुनले गोल गर्दै बाटेलाई अग्रता दिलाएका थिए ।

त्यसपछि आर्सनलले तीन वटा उत्कृष्ट मौका पाएपनि गोल गर्न सकने र पराजित भयो । एक गोलले पछि परेको आर्सनले उल्टो ८५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका फ्रान्सेली खेलाडी एलेजान्द्रे लाकाजेटी दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीए । त्यसपछि आर्सनल खेलमा फर्कन सकेन र हार ब्यहोर्यो । अब दोस्रो लेगमा आर्सनल घरेलु मैदानमा खेल्नेछ ।

Post Add 1025X115
Loading...