चेल्सी विरूद्द म्यान यू का लागि खेलाडीकाे चाेट चिन्ता

0

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एलेक्सिस सान्चेज मंगलबार राति भएको पिएसजी विरुद्धको च्याम्पियन्स लिगको खेलमा चोटग्रस्त भएका छन । जसका कारण उनले चेल्सी विरुद्धको एफ ए कप गुमाउने संभावना बढेको छ ।

घरेलु मैदानमा च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा मैदान प्रवेशकालागि वार्मअप गरिरहेका सान्चेज लाइन्समेनसँग टक्राएपछि लड्न पुगेका थिए । चिलीयन स्टार सान्चेज सो चोटपछि चेल्सी विरुद्धको खेलकालागि फिट हुन निकै प्रयासरत छन । तर सोमबार हुने खेलका लागि उनी तयार हुने नहुनेमा संका कायमै छ । पछिल्लो पटक पउल पोग्वा प्रिमियर लिगमा चम्कदा सान्चेज धेरै समय बेन्चमा बसिरहेका छन ।

म्यान यू कालागि चेल्सी विरुद्धको खेलमा दुई स्टार खेलाडी एन्थोनी मार्सियल र जेस्सी लिंगार्डपनि अनुपस्थित हुने संभावना धेरै रहेको छ ।
च्याम्पियन्स लिग अन्तगर्त दुई शुन्यले पछि परेपछि लिंगार्डको स्थानमा सान्चेज मैदान प्रवेशकालागि वार्मअप गरिरहेका थिए, तर खेलको रोमाञ्चकताले उनकी विकेन्द्रित हुदै लाइन्सरेफ्रिसँग ठोकिन पुगे ।

Post Add 1025X115
Loading...