प्रोफेसेन्ल लिग नेपाल बडिबिल्डिङकाे तयारी पुरा

0

आइएफबीबी लिग नेपालको आयोजनामा यहि फागुन चार गते हुने प्रोफेसेन्ल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप प्रो क्वालिफायर्स तयारी पुरा भएको आयोजकले जनाएका छन ।

यहि मंगलबार देखि यो प्रतियोगिताका लागि जज र खेलाडीहरु आउने आयोजकले बताएका छन । हालसम्म १५ देशका खेलाडीले यो प्रतियोगिताका लागि आवेदन दिएको बताइएको छ । कति देशका खेलाडीले सहभागिता जनाउने भन्ने अन्तिम नामावली ३ गते दिने आयोजकले बताएका छन । यसका साथै प्रतिस्पर्धामा उत्रने खेलाडीको नाप र तौलपनि तीन गते नै गरिने भएको छ ।

एकदिने प्रतियोगितालाई सफल पार्न भिजिट नेपाल २०२० ले पनि सहयोग गरेको छ । यो प्रतियोगिताका लागि चर्चित बडिबिल्डर रोली विङलार फागुन २ गते नेपाल आउने भएका छन । चार दिन नेपालमा बस्ने रोलीले प्रतियोगितामा गेष्ट पोजरका रुपमा सहभागिता जनाउनेछन  ।प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र ओमन फिजिकमा प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115
Loading...