नेपाल पुलिस बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा

0

नेपाल पुलिस क्लब धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखराको साहारा क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै विभागीय क्लब पुलिसले  सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेलको नतिजा पेनाल्टीहुँदै सडन डेथबाट निकालिएको हो ।

सोमबार धरान रंगशालामा भएको खेलको ३३ औं रवी पासवानले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासलाई निरकुमार राईले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको मोफसलको साहारा क्लबले ८४ औं मिनेटमा बराबरी गर्दै खेलमा फर्किएको थियोे ।

पुलिसका अजित भण्डारीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विश्व अधिकारीले गोल गरेका थिए ।

पेनाल्टीमा दुवै टोलीले २–२ प्रहार चुकाउँदा सडन डेथमा पुलिसले जित हासिल गरेको हो ।

Post Add 1025X115

Loading...