बी डिभिजन लिगमा सातदाेबाटाे र मध्यपुर विजयी

0

शहीद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् ।

ललितपुरको एन्फा मैदानमा आज भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको हो । सातदोवाटोले २१ औं मिनेटमा दीपेश गुरुङको सानदार गोल मार्फत शुरुआती अग्रता लिएको थियो । गुरुङले ३० यार्ड टाढाबाट गोल गरेका थिए ।

पहिलो हाफमा १ गोल गरेको सातदोवाटोले ५३ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । उसका लागि रञ्जन पुनले गाल गरेका थिए । श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए । यस्तै आजै भएको दोस्रो खेलमा मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ । खुमलटारका लागि अभय राणाले २ गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन ।

मध्यपुरका लागि सवर्न विक्रम कार्की कैलान लामिछाने र विबेश गुरुङले एक एक गोल गरेका थिए । ८ औं मिनेटमा सवर्न बिक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्याए । ६६ औं मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो ।

७० औं मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो ।

Post Add 1025X115

Loading...