‘प्लान’ अनुसारकाे जित निकाल्न सकेनाै- ज्ञानेन्द्र मल्ल (भिडियाे)

0

डीपीएलको पहिलो खेलमा जित निकालेपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले भने–आफुले जितेर भनेका हैनौ की साच्चिकै खेल राम्रो भयो, अन्तिम ओभरसम्म गयो, खेल राम्रै भयो, हामीले विचमा लय समातिसकेका थियौ, दुई ओभरमा ४ विकेट गुमाउदा प्रेसर पर्यो । विक्रमले राम्रो फिनिस गर्यो । त्यो नै सुखद मानौ अहिलेका लागि ।

उनले थपे विकेट पनि धेरै नै फरक थियो, स्पिनरलाई चान्स पनि लिन खोजेको छ, कन्डिसन अनुसार बलिङपनि गरेको थियो, रोहनको बलिङ निकै राम्रो भयो, उनी एक अनुभवी बलरपनि हुन, कन्डिसन अनुसार बलिङ गर्छन, त्यसैलेपनि एक पटक दबाव परेको थियो ।

धनगढीले जुन किसिमको सुरुवात गरेको थियो, त्यो हेर्दा कतिको लक्ष्य आशा गर्नुभएको थियो भन्ने प्रश्नमा उनले भने–पहिले हामीले एक सय १० जतिमा समेट्न सक्छौ जस्तो लागेको थियो, तर बलिङमा अवस्था अनुसार अप्लाई हुन सकेन, अलिकती कठिन लागेको थियो, १३० सम्म जानु पर्दा उनले बताए ।

साथै उनले जीत हार भनेको एउटा पार्ट हो, गतबर्षको फाइनलमा जुन किसिमले हामीले खेलेका थियौ त्यो हेर्दा हामीले नै जित्नुपर्ने थियो । तर सकिएन, हरेक पटक अवस्था फरक हुन्छ, अब यसपटक जुन लय हामीले पाएका छौ, त्यसलाई कायम राख्ने छौ ।

भिडियाेः

Post Add 1025X115
Loading...