जिन्दगीमा हारले ठुलाे पाठ सिकाउँछ- साेमपाल (भिडियाे)

0

धनगढी स्टार्सका कप्तान सोमपाल कामीले सानो गल्तिले खेल गुमाएको बताए । उनले क्रिकेट भनेको जीवन जस्तै हो, केहि भन्न नसकिने बताए र यसलाई सेटल गर्न पनि सोचेको जस्तो सजिलो नहुँने बताए ।

काठमाडौं विरुद्ध ४ विकेटको हार ब्यहोरेपछि प्रिम्याचमा बोल्दै सोमपालले टिमले राम्रो खेलेको भएपनि एउटा सानो गल्तिले हामीले खेल गुमाएको उनले बताए । सानो सानो मिस्टेकले खेल हारेको स्विकार गरे ।

उनले भने, विकेट स्लो थियो, खेल्न कठिन थियो, हामीहरुले खेल्दा रन बन्न कठिन थियो, तर पछि सजिलो भयो । पिचमा खेलाडीले कुन किसिमले खेल्छ, त्यसमा भर पर्ने उनले बताए । आजको हारले हामीले पनि पाठ सिकेको उनले बताए ।

साथै उनले भने–क्रिकेट र लाइफ कहिलेपनि एडजस्ट हुदैन, क्रिकेट र लाइफ एउटै हो, त्यो कस्तो हुन्छ थाहा हुन्न, तर लाइफमा हार महत्वपुर्ण हुन्छ जितभन्दा, सायद यो हाम्रालागि पाठ हो ।

भिडियाे

Post Add 1025X115
Loading...