डीपीएल क्रिकेटः रूपन्देहीले महेन्द्रनगरलाई ११२ रनकाे लक्ष्य

0

धनगढी प्रिमियर लिगको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगरलाई मात्र एक सय १२ रनको लक्ष्य दिएको छ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलअाउट भयाे ।

खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । उसकालागि मात्र चार खेलाडीले दोहोरो अंक छुन सके । जसमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए ।

यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दिप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । रुपन्देहीलाई कम स्कोरमा रोक्न सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अभिनाश बोहराले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...