कप्तान पारस खड्का आईसीसी वरियताकाे ४० औं स्थानमा

साेमपाल र बसन्त बलिङमा

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा उक्लिएका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको वरियतामा पारस ७६ रेटिङका साथ उनी ४०औं स्थानमा पुगेका हुन् । यूएईविरुद्धको सिरिज जिते पछि पारसको रेटिङ प्वाइन्ट बढेको हो ।

यस्तै उनी ब्याट्सम्यान तर्फ ३०५ अंकका साथ ९० औं स्थानमा रहेका छन् । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औं स्थानमा थिए ।
यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औं स्थानमा छन् । यसअघि उनी ६४औं स्थानमा थिए । टी–२० बलरको वरियतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१औं स्थानमा छन् ।
बलिङ तर्फ यसअघि सोमपाल ९४औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङ तर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।

Post Add 1025X115
Loading...