डीपीएल क्रिकेटः काठमाडाैंद्वारा धनगढी ४ विकेटले पराजित, अमितकाे अर्धसतक खेर

0

साविक उपविजेता काठमाडौं गाेल्डेन्सले धनगढी प्रिमियर लिगमा जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको पहिलो खेलमा काठमाडौंले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले हरायो ।

धनगढी स्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।

गतिलो सुरुवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट  भए । त्यसपछि अर्को ओपनर सुनील धमला मात्र तीन रनमा पेभेलियन फर्किदा धनगढीले ६ रनमा दुई विकेट गुमायो । तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धसतकिए साझेदारी हुँदा धनगढीको टिम केहि सम्हालिएको थियो ।

तर सन्दिप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो । त्यसछि क्रिजमा आएका पवन सराफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धसतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए । उनी यो सिजनको डिपीएलको पहिलो खेलमा नै अर्धसतक बनाउन सफल भए । अन्तिम ओभरमा सौरभ खनालले १७ रन बनाउदै धनगढीको स्कोरलाई बलियो बनाए ।

जवाफमा काठमाडौंले एक बल बाँकि हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । मध्यम सुरुवात गर्दै काठमाडौंले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गर्यो । उसले ९५ रन बनाउदा तीन विकेट गुमाएको थियो । ओपनर गौरव तमोर २८ रनमा आउट भए भने अनिलकुमार शाह २४ रनमा पेभेलियन फर्किए । यस्तै अंकित दावासले २९ रनको योगदान गरे ।

त्यसको लगत्तै कप्तान ज्ञानेन्द्र मल्ल मात्र तीन रनमा आउट भएपछि काठमाडौंले ९९ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि नै सोनु तामाङ पनि मात्र दुई रनमा आउट हुँदा काठमाडौंको एक सय रनमा पाँचौ विकेट गुमायो । त्यसपछि योगन्द्र कार्की दुई रनमा आउट भए । अन्तिममा विक्रम भुषालले १४ रनको योगदान गरे । बलिङमा रोहन मुस्तफाले चार विकेट लिए ।

Post Add 1025X115
Loading...