संकटा बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा

0

मेची नेत्रालय काकटभिट्टा फुटबल ट्रेनिङलार्ई सडेन डेथमा हराउँदै संकटा क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा हिजो भएको खेल अन्तिममा खराव प्रकाशका कारण आजका लागि सारिएको थियो । हिजोको खेलमा मेची नेत्रालयका कर्ण लिम्बुले खेलको १० औ मिनेट र पुजन उपरकोटीले ६८ औ मिनेटमा गोल गरेका थिए भने संकटाका जया गुरुंङले ६० औ मिनेट र खेलको अन्तिम मिनेटमा दिपेश आलेमगरले गोल गरेका थिए । तर त्याे बेला समयमा खेल सुरू नहुँदा अन्तिममा लाइट नपुगेकाे भन्दै अायाेजकले अाजकालागि खेल सारेका  थिए । जुन साेझै टाइब्रेकरबाट सुरू गरिएकाे थियाे ।

समयमा नै खेल सुरु नहुँदा आजका लागि सारिएको खेल सोझै टाइब्रेकरमा भएको थियो । जसमा संकटाले सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनायो ।

Post Add 1025X115
Loading...