टि-२० बिश्वकपकाे एसियन छनाेट जुलाई २५ बाट मलेसियामा हुने

0

आइसीसी टि(२० बिश्वकप छनोट एसियन रिजनको अन्तिम क्वालिफायर्स २५ जुलाई देखि ३ अगष्टसम्म मलेसियामा हुने भएको छ ।

बिश्वकप छनोट अन्तर्गत उपक्षेत्रीय छनोट पार गरेको नेपालले यो प्रतियोगितामा मलेसिया, सिंगापुर, युएइ, कतार र कुवेतसँग खेल्नछन । सब रिजनको समुह ए बाट नेपालसहित मलेसिया र सिङ्गापुर छनोट भएका थिए भने समुह बी बाट युएइ, कतार र कुवेत दोस्रो चरणमा पुगेका हुन ।

कुल ६ टिमको सहभागिता रहेको यो प्रतियोगितामा शिर्ष २ मा स्थान बनाउने टिमले यसै बर्षको अन्तिममा हुने ग्लोबल क्वालिफायर्सकालागि छनोट हुनेछन । राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताका सबे खेललाइ आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

विश्वकपको अन्तिम छनोट प्रतियोगितामा १४ टिम हुनेछन । जसमा सबै क्षेत्रीय छनोटबाट आएका ८ टिम र बरियतामा पुछारमा रहेका ६ टिम विच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115

Loading...
Open