म्यानचेस्टर युनाइटेडले गुनरलाई पुर्णकालिन प्रशिक्षक बनाउने

0

इग्लिस क्लव म्यानचेस्टर युनाईटेडले नर्वेजियन पूर्व खेलाडी आले गुनर सोल्कजेरलाई पुर्णकालिन प्रशिक्षक बनाउने भएको छ ।

पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरीम प्रशिक्षकका रुपमा वल्र्ड ट्राफोर्डमा आएका गुनरको प्रशिक्षणमा क्लवले पछिल्ला ११ खेलामा १० खेलमा जित निकालेकाे छ । उनको प्रभावशाली प्रशिक्षण र खेलाडीसँगको उत्कृष्ट तालमेलका कारण क्लवको बोर्डले गुनरर्ला पुर्णकालिन प्रशिक्षकको जिम्मेवारी दिने भएको हो ।

बेलायती पत्रिका द सनले जनाएअनुसार म्यानचेस्टर युनाईटेडको बोर्डले गुनरलाई प्रशिक्षकको पुर्णकालिन जिम्मेवारी दिने आन्तरीक निर्णय गरेपनि यो सिजनको अन्तिममा मात्र घोषणा गर्ने बताएको छ ।

क्लवका सह सञ्चालक अब्राम ग्लाजेरले फुलहाम विरुद्ध तीन शुन्यको जीत निकालेपछि क्लव उनलाई नै मुख्य प्रशिक्षक दिन तयार रहेको बताएका छन । यो कुरामा क्लवका प्रमुख जोइल ग्लाजेर पनि सहमत रहेको सो पत्रिकाले जनाएको छ ।

क्लवले गुनर अन्तरीम प्रशिक्षक हुँदा टोटनह्यामका प्रशिक्षक माउरीसियो पोचेटिनोलाई ल्याउने तयारी गरेको थियो । तर गुनरको पछिल्लो प्रदर्शनले क्लवको कार्यसमितीले आफ्नो माइन्ट परिवर्तन गरेको छ ।

गत डिसेम्बरमा मोउरिन्होलाई बर्खास्त गरेपछि प्रशिक्षकको जिम्मेवारी गुनरले पाएका थिए । जसमा टिमले ११ खेलमा अपराजित रहदै आएको छ । त्यसमा एक खेल मात्र बराबरी खेलेका छ । म्यानचेस्टर युनाईटेडले ब्रुन्ली विरुद्ध बराबरी खेलेको थियो ।

Post Add 1025X115

Loading...