भारत विरूद्द नेपालका लागि जित्ने पर्ने दबाव

0

भारतको उडिसामा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले आज भारतसँग खेल्दैछ ।

कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ सात बजेबाट सुरू हुनेछ । पहिलाे खेलमा म्यानमारसँग तीन शुन्यले पराजित भएकाे  नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसंगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहिन छ ।

यता भारतपनि नेपाल विरूद्द जहिले पनि हावी हुँदै आएकाे छ । साे दबावलाइ निरन्तरता दिन चाहन्छ । आज नेपाल पराजित भएमा उपाधिकाे यात्रा समाप्त जस्तै हुनेछ ।

प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

Post Add 1025X115

Loading...
Open