डीपीएलकाे तेस्राे संस्करण आजबाट सुरू, फाप्ला मैदान तयार (भिडियाे र फाेटाेमा)

0

शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग बर्षाले मैदान खेल्न योग्य नभएपछि अाजबाट सुरु हुँदैछ । जसमा पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाईटेड आमनेसामने हुनेछन ।

धनगढी स्थित फाप्ला मैदानमा हुने पहिलो खेल विहान नौ बजेबाट सुरु हुनेछ । घरेलु टिम तथा दुई पटकका च्याम्पियन धनगढी जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । यता गत सिजनको फाइनलमा पराजित भएको काठमाडौं त्यसका बदला लिने लक्ष्यमा रहेको छ । धनगढी र काठमाडों अहिलेसम्म कुल ५ पटक खेलका छन ।

जसमा चार खेल धनगढीले जितेको छ भने एक खेल काठमाडौंका पक्षमा गएको छ । यस्तै महेन्द्रनगर र रुपन्देही विचको अर्को खेलमा दिउसो एक बजेबाट हुनेछ । प्रतियोगिताका लागि मैदानको तयारी पुर्ण रुपमा सकिएको छ । दुई दिनको बर्षाले विग्रिएको आउफिल्ड पनि तयार भएको छ भने मैदान सजाउने काम पनि पुरा भएको छ ।

हेर्नुहाेस फाेटाेमाः

PHOTO-CRICKETINGNEPAL

Post Add 1025X115

Loading...