पारामाउन्ट एकेडेमीद्वारा पदक विजेता सम्मानित

0

काठमाडौं,२७ माघ । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउन्टमा अध्ययनरत खेलाडीले १ स्वर्ण र २ कांस्य जितेका थिए । पुरुष ४५ केजीमा राजन भोलुन तामाङले स्वर्ण जितेका थिए । पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले कांस्य हात पारेका थिए ।

दोश्रो किड्स अभिभावक दिवस तथा सम्मान कार्यक्रममा पारामाउन्टका अध्यक्ष सांसद् जगदेश्वरनरसिंह केसी र पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा एडु टेक संस्थाले आयोजना गरेको ह्यान्डराइटिङ प्रतियोगितामा पहिलो भएकी पारामाउन्टकै श्रेया गौतमलाई पनि सम्मान गरियो ।

Post Add 1025X115
Loading...