डिपीएलकाे तेस्राे सिजनका चुनाैती, यस्ताे थियाे पहिलाे र दाेस्राे

0

नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानीमा आयोजना हुने क्रिकेट प्रतियोगिताहरु मध्यै धनगढी प्रिमियर लिगको चर्चा छुट्टै हुने गर्छ । स्थानीय दर्शक, पुर्वाधारको चुनौतीका बाबजुत धनगढी क्रिकेट एकेडेमीले भोलीबाट धनगढी प्रिमियर लिगको तेस्रो संस्करण सुरु गर्दैछ । ६ वटा विभिन्न शहरका नामबाट सुरु गरिएको डिपीएल तेस्रो संस्करणसम्म पुग्दा यसले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ ।

यसपटल डिपीएल आयोजनाको उदेश्य पनि केहि फरक रहेको छ । जसका कारणपनि यो प्रतियोगिताका लागि मैदानपनि परिवर्तन भएको छ । फाप्ला मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन दबाव दिने उदेश्यका साथ यसपटकको डिपीएल सोहि मैदानमा गरिदैछ । यसअघि आयोजना भएको सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा यसबेला महोत्सवका आयोजना हुने भएकाले पनि प्रतियोगिता फाप्ला मैदानमा सारिएको हो ।

यसपटकको डिपीएल कस्तो हुने हो त्यो सबैको कौतुहलको विषय बनेको छ । यस्तोमा यसअघिका दुई संस्करणले नेपाली क्रिकेटलाई चर्चामा ल्याउन निकै ठुलो योगदान गर्यो । यतिमात्र होइन यो प्रतियोगितामा केहि युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न पनि सफल भए । हामी यसअघिका प्रतियोगिताहरु कस्तो रहेका थिए यसविषयमा चर्चा गर्नेछौ ।

डीपीएल पहिलाे सिजन

सुरुवाती केहि बर्ष धनगढी क्रिकेट लिगको आयोजना गरेको धनगढी क्रिकेट एमेडेमीले २०१७ सालमा फे्रन्चाइज टिमलाई समावेश गरेर धनगढी प्रिमियर लिगको सुरुवात गर्यो । सगरमाथा सिमेन्टको मुख्य प्रायोजन रहेको सो प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिमका खेलाडी समावेश गरेर केन्द्रिय स्तरमा अक्सन पनि गरियो । जसमा लिग चरणमा हरेक टिमले ५–५ खेल खेल्दा रुपन्देही, विराटनगर, काठमाडौं र चौराहा प्लेअफमा पुगे । लिगमा ५ खेलमा तीनमा हार दुईमा जीत निकालेर पनि रनरेटमा अगाडी रहदै शिर्ष चारमा पुगेको धनगढीको कप्तानी पारसले गरेका थिए । तर अन्तिममा सोहि टिमले उपाधि उचाल्यो ।

करीव तीन महिनाको समयमा पिच तयार पारेर खेलाइयो यो प्रतियोगितामा एक इनिङमा सर्वाधिक रन काठमाडौं गोल्डेन्सले बनायो । विराटनगर विरुद्धको खेलमा काठाडौले एक सय ७३ रन बनाएको थियो । जुन पुरै प्रतियोगितामा अरु टिमले बनाएको धेरै योगफल थियो । प्रतियोगितामा सबै भन्दा कम रन बनाउने टिम विराटनगर बन्यो । रुपन्देही विरुद्धको खेलमा उसले मात्र ७१ रन बनाएको थियो ।

ब्याटिङका हिसावले यो प्रतियोगितामा धेरै रन बनाउने खेलाडी पारस खड्का बने । उनले आठ खेलमा एक सय ७५ रन बनाए । जसमा एक अर्धसतक थियो । सो अर्धसतक क्वालिफायर्समा रुपन्देही विरुद्ध बनाएका थिए । यस्तै आरिफ शेखले आठ खेलमा एक सय ६८ रन बनाए । उनले कुल दुई वटा अर्धसतक बनाउदा उनको उच्च स्कोर ५८ रन थियो । हाल क्रिकेटबाट केहि टाढा रहेका अनिल मण्डलले यो प्रतियोगितामा आठ खेलबाट एक सय ५१ रन बनाए । तीनै खेलाडी धनगढीका रहेका थिए ।

बलिङको कुरा गर्दा यो प्रतियोगिताले सुसिल कँडेललाई निकै ठुलो चर्चा दियो । युवा बलर सुसिलले विराटनगरबाट खेल्दा सात खेलमा १७ विकेट लिए । जसमा उनको बेष्ट फिगर आठ रन दिएर चार विकेट थियो । जुन उनले कञ्चनुपुर विरुद्ध लिएका थिए । उनी यो प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत बने । धेरै विकेट लिने खेलाडीमा सुचिमा रुपन्देहीका साहव आलम दोस्रो स्थानमा रहे भने कृष्ण कार्की तेस्रो स्थानमा । साहवले १६ विकेट लिदा कृष्णले १३ किवेट हात पारे । हालका चर्चित खेलाडी सन्दिप लामिछानेले सो प्रतियोगितामा १२ विकेट हात पारेका थिए ।

पहिलो संस्करणको डिपीएलमा बलिङमा ललित राजवंशीले मात्र ५ रन खर्चिएर चार विकेट लिदा सनसनी नै मच्चाएका थिए । जसका कारण उनी अहिले राष्ट्रिय टिमको ढोको खोल्ने अवसर पनि जुटेको थियो । तर आर्थिक हिसावले भने आयोजकलाई घाटा नै भयो ।

डिपीएल दाेस्राे सिजन

पहिलो संस्करणको डिपीएलको चर्चा सर्वत्र भएपछि आर्थिक रुपमा फाइदा नभएपनि आयोजकले धनगढी प्रिमियर लिगको दोस्रो संस्करण झन भब्य रुपमा गर्ने भन्दै अगाडी बढे । पहिलो संस्करणमा दर्शकले दिएको साथका कारणपनि हौसिएका उनीहरुलाई चुनौती थियो, प्रायोजक त्यो अनुसारको पाइन्छ की नाई भनेर । यसपटक डिपीएलले नयाँ मुख्य प्रायोजनलाई भित्र्यायो । जसका कारण पनि उनीहरुले विजेताले पाउने पुरस्कार राशिपनि बढाएर २५ लाख रुपैयाँ पुर्याए ।

रुस्लानको मुख्य प्रायोजनमा आयोजना गरिएको सो प्रतियोगितामा पनि टिमहरु त्यहि भएपनि यो बर्ष आयोजकले हरेक टिममा दुई जना विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट एक जना स्थानीय खेलाडी अनिवार्य जस्तै गर्यो । यसपटकको डिपीएलमा युएई, ओमान, भारत, हङकङबाट खेलाडी आए । पहिलो संस्करणको भन्दा पिच पनि फरक र आयोजनाको तरिकापनि केहि फरक गरेको आयोजकले सो प्रतियोगिता झन भब्यरुपमा गरे । सो प्रतियोगितामा तीन खेलमा एकसय ८० भन्दा माथिको स्कोर बन्यो । जसमा विराटनगर र धनगढीले सर्वाधिक एक सय ८१ रन बनाए । यो प्रतियोगितामा प्लेअफका सबै खेलहरु रोमाञ्चक बनेका थिए ।

प्रायः सबै खेलमा दर्शकले उल्लेख्य साथ दियो । यो प्रतियोगितामा राष्ट्रिय टिमका उपकप्तान तथा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले दुई अर्धसतक सहित दुई सय ४८ रन बनाए । जसमा उनको उच्च स्कोर ६८ रन थियो । उनले पुरै प्रतियोगितमा १४ चौका र १५ छक्का प्रहार गरे । धेरै रन बनाउने खेलाडीमा युवा खेलाडी अमित श्रेष्ठ दोस्रो स्थानमा रहे । काठमाडौंका ओपनर उनले दुई सय ४२ रन बनाए । जसमा दुई वटा अर्धसतक सामेल थियो । उनको उच्च स्कोर ८१ रन थियो । पुरै प्रतियोतिगामा उनले २५ चौका र १० छक्का सामेल थियो । यस्तै धनगढीका सुनील धमलाले दुई सय २९ तथा रोहन मुस्तफाले एक सय ९० रन बनाए ।

यता धेरै विकेट लिने बलर ललित भण्डारी बने । बायाँहाते बलर ललितले सात खेलमा १४ विकेट लिए । उनको उच्च फिगर ३७ रन खर्चिएर चार विकेट थियो । यता भारतीय खेलाडी सन्नी पटेलले आठ विकेट लिए । उनले दोस्रो क्वालिफायर्समा लिएको सनसनी ६ विकेट प्रतियोगिताकै बेष्ट फिगर बन्यो । सो खेलमा महेन्द्रनगरलाई पाखा लगाउन महत्वपुर्ण योगदान गरेका उनले चार ओभरमा मात्र १० रन खर्चिए ।

पहिलो संस्करणका सर्वाधिक विकेट लिने खेलाडी साहव आलम दोस्रो संस्करणमा पुरै छायाँमा परे । तरपनि उनले टिम चौराहा विरुद्ध ह्याट्रिक लिदै डिपीएल पहिलो ह्याट्रिक लिने खेलाडी बने । दोस्रो संस्करणमा युवा खेलाडी रासिद खान र कमलसिंह ऐरीको उदय भयो । उनको बलिङले सिनियर खेलाडी राम्रो प्रभावित भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी युएईका रोहन मुस्तफा बने । उनले आफुले पाएको बाईक वाफतको रहम असाहायलाई सहयोग गर्ने फाउन्डेनलाई अनुदान दिए ।

डिपीएल तेस्राे सिजन

यसपटक पनि डिपीएललाई उत्कृष्ट बनाउन आयोजक फरक तरिकाले सोचिरहेका छन । तर यसपटक आयोजकलाई मुख्य चुनौती दर्शकको हुने देखिएको छ । किनकी पहिले भएको मैदान शहरको विचमा रहेको थियो । तर अहिले प्रतियोगिता हुने फाप्ला मैदान केहि टाढा छ, त्यहाँसम्म साेचेअनुरूप दर्शक आउने हुन की हाेइनन् त्यो चिन्ताको विषय छ । साे मैदानमा करीव २५ लाख रूपैयाँ तयारीमामात्र खर्च गरिएकाे छ । जसमा भारतबाट क्युरेटर ल्याएर ५ वटा पिच बनाइएकाे छ भने ५ हजार जति दर्शकक्षमताकाे अस्थाइ प्याराफिट राखिएकाे छ । यसमा पनि अायाेजकले करीव १० लाख जति खर्च गरेकाे छ ।

त्यसमा पनि शनिबारबाट सुरू हुने भनिएकाे प्रतियाेगिता बर्षाले विथाेलेपनि यसकाे खर्च झन बढेकाे छ । यसलाइ पुरा गर्न अायाेजकलाइ जतिधेरै दर्शक मैदानमा अाए त्यती नै फाइदा हुने हाे, त्याे के हुने हाे हेर्न बाँकि छ ।

Post Add 1025X115
Loading...