भिडियो– म क्रिकेटको बोक्राभित्रको राम्रो फल हुँः प्रशिक्षक सुनोज भट्टराई

0

नेपाली क्रिकेटका पूर्व प्रशिक्षक सुनोज भट्टराईले आफूलाई क्रिकेट भित्रको राम्रो फल भनेका छन् ।

धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको उद्घाटन समारोहमा सम्मानित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफू निरन्तर क्रिकेटमा क्रियाशिल रहेको पनि बताए ।

उनले भने ‘मनमैजुमा क्रिकेट एकेडेमी सञ्चालन गरेको छु । साथै सानले शनिबारका दिन आयोजना गर्ने क्याम्पमा सहभागी हुन्छु ।’

क्रिकेटमा सफल प्रशिक्षकको पहिचान बनाएका भट्टराईलाई बीचमा कता हराउनु भएको भनि जिज्ञाषा राख्दा उनले भने ‘क्रिकेट संघले मलाई आवश्यक देखेन ।

मेरो काम गर्ने शैली चित्त नबुझेर होला क्यानले मलाई आवश्यक नदेखेको । अरुण सर म नेपाली क्रिकेटको राम्रो प्रशिक्षकमा पर्छौं जस्तो लाग्छ ।’

 

Post Add 1025X115

Loading...