कान्तिपुरको विजयी सुरुआत

0

कान्तिपुरले तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार विजयी सुरुआत गरेको छ ।

भानुभक्त मेमोरियल स्कुलको आयोजनामा पानीपोखरीमा भइरहेको प्रतियोगितामा कान्तिपुरले विल्सन एकेडेमीलाई १६–८ ले पराजित गर्‍यो । कान्तिपुरकी सुजिना श्रेष्ठले ७ अंक जोडिन् ।

सिनियर गल्र्समै एलआरआईले बाल मन्दिरलाई ३६–२५ तथा स्वप्न वाटिकाले आयोजक भानुभक्तलाई १८–८ ले हराए । एलआरआईकी अस्मिता केसीले १४ तथा स्वप्न वाटिकाकी सम्झना शाहीले ६ स्कोर गरे ।

सिनियर ब्वाइजमा विल्सनले रिलायन्सलाई ३१–१९, हिमालीले पिपुल्स एकेडेमीलाई ३९–२६ र नेपालयले सेबलाई ३८–३२ ले पाखा लगाए । विल्सनका विनोद सेनले १०, हिमालीका करण नेपालीले १२ र नेपालयका टेक आलेले २६ अंक जोडे ।

प्रतियोगिताको भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १२ तथा गल्र्समा ८ टिम सहभागी छन् ।

Post Add 1025X115
Loading...