नेपाली क्रिकेट टिमकाे सफलताका ‘ब्याकबाेन’ काे ‘माइन्डगेम’

0

नेपाली क्रिकेटले ऐतिहासिक एकदिवसिय र टी–२० सिरिज जित्दा खेलाडीले जस्तो किसिमले प्रदर्शन गरेर वा–वाही पाए, त्यो सार्थकपनि थियो । प्राय सबै खेलाडीले उत्कृष्ट खेलेका कारण नै सिरिज जितेको हो । तर नेपाली टिमको यो सफलताको ब्याकबोनका रुपमा रहेका ब्यक्ति हुन ब्याटिङ सल्लाहकारका रुपमा भारतबाट आएका उमेश पटवाल ।

नेपालको ब्याटिङ कमजोर भएका कारण नै आइसीसीको सहयोगमा नेपाली टिमले ब्याटिङ कन्सल्ट्यान्टलाई झिकाएको थियो । जसमा उमेश पटवाल नेपाल आउने मौका पाए । हुन त यसअघि जिम्बावेमा भएको विश्वकप छनोटमा पनि उनी ब्याटिङ सल्लाहकारका रुपमा नेपाल आएका थिए । छोटो समयका कारण उनले टिममा खासै राम्रो फरक ल्याउन सकेनन् । तर त्यसपछि उनले नेपाली क्रिकेटसँग नियमित रुपमा जोडी रहे । चाहे त्यो पोखरा प्रिमियर लिगमा प्रतियोगिताको डाइरेक्टर होस् या एभरेष्ट प्रिमियर लिगमा एन्टी करप्सन समितीको संयोजक भएर होस, उनले यो अवधीमा नेपाली खेलाडीको खेल्ने सैली र उनीहरुको मानसिकता निकै राम्रोसँग अध्ययन गर्ने मौका पाए ।

जव नेपालले युएईसँग अन्तराष्ट्रिय सिरीज खेल्ने पक्का भयो । पटवाल नै नेपालको ब्याटिङ कोचका रुपमा नेपाल आए । उनले घरेलु प्रतियोगितामा र विश्वकप छनोटमा देखिएको खेलाडीको कमजोरीलाई राम्रोसँग औल्याएका कारण नै यसपटक खेलाडीको प्रदर्शन निकै फरक देखियो । माइन्डगेम खेल्न माहिर पटवालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग बारम्बार मिटिङ गर्दै खेलाडीको स्ट्रेन्थलाई हतियार कसरी बनाउने भन्ने योजना बनाए ।

पटवाल टिमको प्रशिक्षक भएर आएपछि मुख्य प्रशिक्षक जगत टमाटालाई पनि एक किसिमले ठुलो सहयोग भयो । त्यसैले पनि कप्तान पारस खड्काले युएईमा टिमको हरेक जितमा पटवालको भुमिकाको तारिफ गरे । एकदिवसिय सिरिज र टी–२० सिरिज जितेपछि पारसले भनेका थिए, टिमको ब्याटिङ कोचका रुपमा आएपछि उनले सबै खेलाडीलाई यसरी गाइड गरेकी खेलाडी मानसिक रुपमा बलियो मात्र भएनन् उनीहरुको टेम्प्रामेन्ट नै परिवर्तन भयो । निकै होमवर्क गर्दै कुन खेलाडीको के कमजोरी छ के सुधार्नु छ भनेर उनले छोटो समयमा नै अध्ययन मात्र गरेनन्, त्यसमा परिवर्तन ल्याउन पनि ठुलो प्रयास गरे ।

यस्तै युवा खेलाडी सन्दिप लामिछानेले पनि ब्याटिङ कोचका रुपमा उमेश पट्वाल आएपछि कत्तिको फरक पार्योख भन्ने प्रश्न गर्दा यस्ते भनेका थिए । ‘त्यसले धेरै नै प्रभाव पार्योक । उहाँको बोली बानी र सिकाएका कुराहरुले नेपाली टिमलाई धेरैनै राम्रो प्रभाव पारेको छ । हामीसँग भएका सबै जना स्टाफहरुले आफ्नो आफ्नो पार्टमा राम्रो भूमिका खेल्नु भएको छ ।’

नेपाली क्रिकेट टिमले एकदिवसिय सिरिजमा होस या टी–२० मा को खेलाडी खेल्ने कुन अवस्थामा कसले ब्याटिङ गर्ने भन्ने रणनितीको पछाडी पटवालको ठुलो हात थियो । उनले खेलाडीसँग गरेको योजनाका आधारमा खेलाडीले नै फिल्डमा प्रदर्शन गरेका कारणपनि नेपाल यसपटक सफल भएको हो ।

प्रशिक्षक जगत टमाटा भन्दापनि सक्रिय भएर खेलाडीको मनोबल उच्च पार्न र मोटिभेट गर्न लागेका पटवाल टिम खेलिरहेका बेलापनि के गर्ने भनेर खेलाडीलाई मैदानमा म्यासेज पठाइरहन्थे । यतिमात्र होइन, उनी खालि समय भएको खण्डमा बेन्चमा रहेका खेलाडीलाई नेटमा प्रशिक्षणका लागि कहिले आफै लग्थे भने कहिले निर्देशन दिन्थे ।

नेपाल भन्दा अगाडी पटवाल २०१४ को एशिया कप र टी–२० विश्वकपका लागि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानमा हुँदापनि उनले टिमको ब्याटिङमा राम्रो सुधार गरेका थिए । जसका कारण अफगानी खेलाडीले पनि उनलाई निकै प्रसंशा गरेका थिए ।
सिधा र प्रष्ट विचारका पटवाललाई नेपालको सफलताको ब्याकबोन तपाई नै हो भन्दा मान्न सहमत भएन् । आफुले आफ्नो काम गरेको र बाँकि सबै खेलाडीको मेहेनत भएको उनको भनाई छ । टिमको प्लान अनुसार खेलेका कारण टिम सफल भएको भनाइ उनले टी–२० सिरिज जितेपछि दिएका थिए ।

यतिबेला नेपाली क्रिकेट टिम स्वदेश फर्किएर पनि प्रायः सबै खेलाडी धनगढी प्रिमियर लिग खेल्न गएका छन । यहि अवस्थामा कप्तान पारस खड्काले एक टेलिभिजनमा दिएको अन्तरवार्तामा संकेत गरेका छन की, पटवाल नेपाली क्रिकेटको प्रशिक्षक भएमा राम्रो हुनेछ ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले क्रिकेट टिमलाई राम्रो प्रशिक्षकको खाँचो रहेको बताउदै, आगामी दिनमा झन बलिया टिमसँग खेल्नुपर्ने भएकाले त्यो अनुसारको प्रशिक्षकको पनि खाँचो रहेको उनले बताए । अहिलेको भन्दा माथिल्लो स्तरमा पुर्याउनका लागि नयाँ प्रशिक्षक आएमा केहि सजिलो हुने उनको आशय थियो । हाल नेपाली क्रिकेट टिममा मुख्य प्रशिक्षकका रुपमा जगत टमाटाले काम गरिरहेका छन । पारसले नयाँ प्रशिक्षकले खेलाडीलाई कसरी ब्यवस्थित गर्ने, उमेर समुहका खेलाडीलाई पनि कसरी अगाडी बढाउने भन्ने योजनाका साथ नयाँ प्रशिक्षक चाहिएको बताए ।

एक समय नेपाली क्रिकेटको बेसलाई बनाउन ठुलो सहयोग गरेका पूर्व प्रशिक्षक रोय डायसपछि पुबुदु दशानायके नेपाल आएका थिए । जसमा पुबुदुले नेपाललाई टी–२० विश्वकपसम्म पुर्याउनुका साथै विश्व क्रिकेट लिग डिभिजनमा शिर्षमा पुर्याए । तर उनी विभिन्न कारणले फर्किएपछि जगत टमाटाले नेपाली क्रिकेटको बागडोर सम्हाली रहेका छन । तर टमाटाले मोर्डन प्रशिक्षणको शैलीलाई अपनाउन नसकेको र पुरानै शैलीको प्रशिक्षणलाई आत्मसाथ गरिरहेको भनाइ धेरै खेलाडीको रहेको छ । जसका कारण पनि कप्तान पारस खड्काले राष्ट्रिय टिमलाई नयाँ प्रशिक्षक चाहिएको संकेत गरेको हुनुपर्छ ।

Post Add 1025X115

Loading...