टाेकियाे ओलम्पिकका पदक ‘इलेक्ट्राेनिक वेस्टेज’ बाट बन्ने

0

सन् २०२० मा हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकमा खेलाडीले जित्ने पदकहरु इलेक्ट्रोनिक वेस्टेजलाई रिसाइकल गरेर बनाइएको आयोजकले बताएका छन ।

सन् २०१७ बाट विधुतिय सामाग्रि जो काम नलाग्ने भएका छन, उनीहरुलाई संकनल गर्न सुरु गरिएको थियो । जसमा पुराना स्मार्टफोन, ल्यापटव लगायत अन्य बस्तुहरु संकलन गरिएको थियो । यो प्रोजेक्टको मुख्य लक्ष्य ३० दशमलव तीन किलो गोल्ड, चार हजार एक सय केजी सिल्भर र दुई हजार सात सय केजी काश्यका लागि संकलन गर्नुपर्ने थियो । यो मार्चमा त्यो लक्ष्यपुरा हुने आयोजकले बताएका छन ।

ओलम्पिकमा दिइने काश्य पदकका लागि चाहिने आवश्यक मात्रा टोकियो आयोजकले गत जुनमा नै पुरा गरेका छन । यस्तै ९० प्रतिशत बन्दा बढी गोल्ड र ८५ प्रतिशत भन्दा बढी सिल्भर आयोजकले यो अक्टोबरसम्म संकलन गरिसकेको बताएका छन । टोकियो ओलम्पिक आयोजकले यसको अन्तिममा खेलाडीले पाउने पदकको डिजाइन सार्वजनिक गर्नेछ ।

Post Add 1025X115
Loading...