बिक्रमले दिलाए विश्व पारा तेक्वान्दाेमा ऐतिहासिक कास्य पदक

0

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कास्य पदक जितेका छन । पी ३२ पुम्से विधामा विक्रमले ऐतिहासिक कास्य पदक जितेका हुन ।

क्वाटरफाइनलमा मोरक्कोका बिलाल इक खतावीलार्य ६.५ अंकले हराएका विक्रम सेमिफाइनलमा रसियाका एन्द्री ग्राबोभास्कीसँग ७.२० अंकले पराजित हुन पुगे । जसका कारण उनी तेस्रो स्थानमा रहे । नेपाली प्रशिक्षक कबिराज नेगी लामाले जनाएअनुसार ६९ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालले पहिलो पटक पुम्सेमा पदक जितेको हो ।

नेपालले पहिलो सहभागितामा नै पदक जितेको टिम लिडर रामचन्द्र श्रेष्ठले बताए । टर्किको एट्लीयामा जारी च्याम्पियनसिपा नेपालले आजपनि प्रतिस्पर्धा गर्नेछ ।

Post Add 1025X115

Loading...