राष्ट्रिय टेबलटेनिसमा स्यान्टु र नविता च्याम्पियन

0

बिभागिय टिम नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण हलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्यान्टुले आफ्नै टिमका बिनेश खनियालाई चार शुन्यको सोझो सेटले हराउदै उपाधि हासिल गरे ।

नेपाली टबलटेनिसका इमर्जिङ खेलाडी स्यान्टुले बिनेशलाई ११)३, ११)७, ११)८ र ११)६ को सेटमा पाखा लगाए । यस्तै महिलातर्फ नेपाल पुलिसकी नविता श्रेष्ठले त्रिभुवन आर्मीकी दिक्षा तामाङलाई चार शुन्यकै सेटमा हराइन् ।

दिक्षालाई नविताले ११)६, १३)११, ११)५ र ११)६ को सेटले हराएर उपाधिको हकदार बनिन् । जितसंगै पहिलो हुनेले ५० हजार रुपैयाँ दोस्रो हुनेले २५ हजार तथा तेस्रो स्थान हातपार्नेले १२ हजार पाँच सयमा रुपैयाँ पाए ।

Post Add 1025X115
Loading...