सबै खेलाडीले ‘एक्ट्राअर्डिनरी’ खेलेकाले टिम सफल भयाे-पारस खड्का (भिडियाे)

0

आजको प्रदर्शनबाट हामी निकै उत्साहित भएका छौं । तीन वटा खेलको सिरिज २–१ ले जितेका छौं । पहिलो खेलमा पराजित भए पनि कमब्याक गर्न सफल भयौं र सिरिज पनि जित्यौं ।

आज मौसमले केही अप्ठेरो गरे पनि ब्याटिङ बलिङ दुवैमा हामीले राम्रो प्रदर्शन गर्न सक्यौं र सिरिज पनि हात पार्न सफल भएका छौं । यस्तो प्रदर्शनलाई आगामी सिरिजहरुमा पनि निरन्तरता दिने प्रयासमा हुने छौं ।

गेम कतिबेला चेन्ज भयो त ?
दश ओभरमा १०४ रन गेम जतिबेला पनि चेन्ज हुन सक्थ्यो । यस्तोमा हरेक ओभरमा बाउन्ड्री हान्नै पर्ने जरुरी हुन्छ । हामीले बीचमा एक दुई ओभर टाइट राख्ना साथ हामी खेलमा फर्किएका थियौं । १० ओभरमा कस्ले राम्रो गर्यो कस्लो राम्रो गरेन भन्दा पनि हामी सबै मिलेर खेल जित्न सफल भयौं ।

करण केसी, अभिनास बोहराले बलिङमा राम्रो प्रदर्शन गरे साथ साथै सोमपाल सन्दीप सबैको भूमिका प्रशंसा योग्य नै छ । पहिलो ओभरमा सन्दीपले धेरै रन खाए पनि दोस्रो ओभरमा राम्रो बलिङ गरे । हाम्रो आजको जितको आधार भनेको फिल्डीङ हो । आजको प्रदर्शनबाट एकदमै खुशी लागेको छ ।

लास्ट ओभरमा स्पीनर प्रयोग गर्नु कतिको चुनौती थियो ?

यो कुरा जित्दा खेरी सबै राम्रो देखिन्छ । त्यही खेल हारेको भए यस्तो गरेको भए हुने थियो भन्ने कमेन्ट हुन्छ । हामीलाई बलरसँग पूर्ण विश्वास थियो । हामीले प्रेसर राम्रोसँग ह्याण्डल गर्न सक्यौं र प्रतियोगिता पनि जित्न सफल भयौं ।

पहिलो ओभरमा १ विकेट सहित मेडन खाएको थियो कस्तो प्रेसर भयो ?

मलाई त हाम्रो स्कोर १०४ पुग्छ जस्तो लागेको थिएन । ८०–९० तिरै रुक्छ की जस्तो लागेको थियो । तर सबैले इफोर्ट लगाएर राम्रो खेल्यौं र स्कोर सम्मानजनकरुपमा अघि बढ्यो । हाम्रा लागि प्रत्ययेक बल एकदमै महत्वपूर्ण थियो ।

अभिनास बोहराको प्रदर्शन कस्तो लाग्यो ?

उसले आफूलाई घरेलु क्रिकेटमा प्रमाणित गरेकाले टीममा ल्याएका थियौं । अबसर पाउँदा यहाँ पनि उसले आफूलाई प्रमाणित गरेको छ । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उसलाई यो प्रदर्शनले प्रेसर ह्याण्डल गर्ने क्षमता दिएको छ । यो त सुरुआत मात्र हो । हामी अब पनि धेरै उत्साहित हुन जरुरी छैन् । आगामी दिनमा आशा गरौं की यो भन्दा पनि राम्रो खेल खेलौं ।

समग्रमा सिरिजबाट के पाएर फर्किदैछ त नेपाल ?
हामीले राम्रो टिम पाएका छौं । दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौं । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ । हाम्रा लागि यो सिरिज किन पनि महत्वपूर्ण छ भने विश्वकप छनोंट आउँदै छ । यसले पक्कै पनि हामीलाई थप फाइदा पुग्ने छ । त्यसकालागि हामीले तीन चार महिना अघि देखिनै प्लानिङ गर्ने छौं ।

Post Add 1025X115
Loading...