४० ओभरसम्म नेपाललाई चौथो सफलता युएईका अनवरले बनाए अर्धशतक

0

नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो पारिको ४० ओभरको खेल सकिएको छ । टस जिति पहिला फिल्डिङ गरेको नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट लिएको छ ।

युएईले १४० रन बनाएको छ ।
सुरुमै दुई विकेट लिएर दबाबमा राखेको नेपालले चौथो विकेटका लागि गुलाम सब्बेर र मोहमद उस्मानले ४५ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारी सन्दिप लामिछानेले तोड्न सफल भए ।

नेपालका लागि तेस्रो विकेटको रुपमा सन्दिपले १८ रन बनाएका सब्बेरलाई आउट गरेका थिए । त्यस लगत्तैको ओभरका कप्तान पारस खड्काले मोहमद उस्मनलाई आउट गरे ।

पहिलो विकेट सोमपालले लिँदा ओपनर ब्याट्सम्यान आस्फिक अहमेदलाई खातानै खोल्न दिएनन् । यसैगरी युएईको दोस्रो विकेट लिँदा करण केसीले चिराग शुरुलाई पनि शून्य रनमै पेभेलियन पठाएका थिए ।

अहिले क्रिजमा रहेका साइमान अनवर ५१ र चुन्डागोपिल रिजवान ३९ रनमा नट आउट छन् । नेपालले अहिलेसम्म ७ जना बलर लगाएको छ ।

Post Add 1025X115
Loading...