दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान ८ विकेटले विजयी

0

काठमाडौं, १३ माघ
दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटमा पाकिस्तान ८ विकेटले विजयी भएको छ । आजको जितसँगै पाकिस्तानले पाँच एक दिवसीय क्रिकेट श्रृंखला २–२ को बराबरीमा ल्याएको हो । अब अन्तिम एक दिवसीय क्रिकेटको नतिजाले उपाधिको छिनोफानो गर्ने छ ।
दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पाकिस्तानले ३१.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । पाकिस्तानको जीतमा इमामुल हकले ७४, फकर जमामले ४४ रन बनाउँदा बाबर अजाम ४१ रनमा नट आउट रहे । पहिला ब्याटिङ गरेको अफ्रिका ४१ ओभरमा १६४ रन बनाउँदै अल आउट भएको थियो । उसका लागि हासिम अमलाले ५९ रन बनाउँदा फाप डु प्लेसिसले ५७ रन बनाएका थिए । पाकिस्तानका उस्मान सिनवारीले ७ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर ४ विकेट लिए । सहेन साह अफ्रिदी र सहाव खानले दुई दुई विकेट लिएका थिए । पाँचौं एक दिवसीय क्रिकेट ३० तारिखमा हुने छ ।

Post Add 1025X115
Loading...