ब्याटिङ र बलिङमा ‘पर्फेक्ट’ प्रदर्शनले जित हात पार्‍याैं-पारस (भिडियो)

0

युएइ विरुद्द भारी जित निकाेलेपछि नेपाली टिमका कप्तान पारस खड्काले याे जितले टिमकाे मनाेबल उच्च पारेकाे र सिरीज जित्ने माैका रहेकाे बताएका छन । उनले भने-‘आजको खेल उत्कृष्ट थियो । खेलमा ओपनरको प्रदर्शन निकै महत्वपूर्ण रहन्छ । ओपनरहरुले आजको खेलको जग बसालेका थिए । त्यसपछि रोहित आयो, उसले पनि उत्कृष्ट प्रदर्शन गर्यो । बलिङ तर्फ पहिलो दश ओभरमा सोमपाल कामीले गरेको बलिङका कारण खेल हाम्रो पक्षमा आएको हो । यो नतिजाले धेरै उत्साहित छु । सिरिज अझ पनि दुबै टिमका लागि खुल्ला छ ।’

‘सबैजनाले आफुले सक्दो प्रदर्शन गरेका छन् । जित्ने इच्छा सबैलाई नै हुन्छ । तर हामीलाई धैर्यता आवस्यक छ । युवा खेलाडीको बाहुल्यता छ । यो टिम लामो समयसम्म रहन्छ, यसलाई अझ राम्रो बनाएर, भविष्यमा यस्तै विजयको नतिजा निकाल्न चाहन्छौं । हिजोको जस्तो कठीन थिएन, तर आजको खेलमा उनीहरुले सही क्षेत्रमा बल फल्न सकेनन् । तर हामीले राम्रो बलिङ गर्न सक्यौं । हामी अझ पनि टिममा ब्याटिङ र बलिङ दुबै तर्फ स्थाई प्रकारको प्रदर्शन खोजिरहेका छौं । बलिङ युनिटलाई सलाम छ ।’

‘एक दिवशीय मान्यताका कारण हामीले धेरै मौकाहरु पाउँदै छौं । यसैको परिणाम स्वरुप रोहित अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भए । तर रेकर्ड तोडिनका लागि बनेका हुन्छन् । रोहित र आरिफले उत्कृष्ट पार्टनरसिप गरे । उनीहरुकै कारणले गर्दा हामी खेलमा फर्किन सफल भयौं । रोहित यो खेलका लागि टिममा फर्किएको छ ।’

‘खुसी छु, उसले आफुलाई प्रमाणित गरेको छ । मौका पाउने वित्तिकै उसले महत्वपूर्ण योगदान दिँदै आएको छ । आशा गरौं उसले यस्तो प्रदर्शनलाई निरन्तरता दिओस । एउटा क्रिकेटमा विकास गरिरहेको नेपालका लागि धेरै ठूला लक्ष्यहरु पनि छन् । समय लाग्छ, तर हामी ठूला क्रिकेटिङ राष्ट्रहरुसँग प्रतिष्पर्धा गर्न चाहन्छौं । हामी त्यही लाइनमा पुगिसकेका छौं ।’

‘सबै खेलाडीहरुले मेहनत गरिरहेका छन् । अब अर्को खेलका बारेमा सोच्नु पर्छ । आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्नु पर्छ । आजकै जस्तो प्रदर्शन गरेर सिरिज जित्ने लक्ष्यमा छौं । हामी एकदम थोरै अन्तर्राष्ट्रिय म्याचहरु खेल्न पाउँछौं । त्यसलाई सदुपयोग गर्दै आएका छौं । त्यसमा जिउ–ज्यान जति लगाउन सक्ने हो, त्यसमा लगाउने हो । हाम्रो अगाडी टि–२० सिरिज पनि छ । तर त्यसअघि बाँकी रहेको एक दिवशीय म्याचका बारेमा सोच्नु पर्छ ।’

Post Add 1025X115
Loading...