प्रभु बैंककाे सिइओमा पुन: अशोक शेरचन

0

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक शेरचन नै दोहोरिएका छन् ।

उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । १८ गते कार्यकाल सकिन लागेका शेरचनको पदावधि ४ वर्षलाई थपिएको छ ।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए ।

शेरचनसँग एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ।

प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको हो । उनी बैंकर्स संघको कार्य समिति सदस्य पनि हुन् ।

Post Add 1025X115
Loading...