आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन २५ गतेबाट-सदस्यसचिव विष्ट

0

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय प्रतियोगिता फागुन २५ गतेबाट हुने बताएका छन ।

विष्टले आठौँप्रति देखिएकाे अन्याेलहरू सबै समाप्त भएकाे भन्दै प्रधानमन्त्री ओलीकै चाहना र निर्देशनअनुसार आठौँ २५ गतेदेखि शुरु गरिने बताए । केहि दिन अगाडी युवा तथा खेलकुद मन्त्रालयका साथै उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य सचिव विष्टले प्रधानमन्त्री केपी अाेलीलाइ भेटेका थिए । त्यसपछि हाैसिएका विष्टले फागुन २५ गते देखिको आठौँको सुरूवात हुने बताए।

उनले आठौँ राष्ट्रिय २५  खेलकुदकाे अन्तिम मिति नै २५ गते हो, याे मितीमा जसरी पनि सुरू हुने दावी गरे । दुइ पटक प्रतियाेगिताकाे मिती सरिसकेकाे याे प्रतियाेगितामा पुर्वाधार पुर्ण रूपमा नभएकाे भन्दै फेरी सार्नु पर्ने बाध्यता अाएकाे थियाे । तर सदस्यसचिव विष्टले आठौँ राष्ट्रिय २५ गतेदेखि हुने भनेर लालमोहर लागेकाे र पुरै मिती केही समयपश्चात् पत्रकार सम्मेलनमार्फत गराउने बताए ।

विष्टले आठौँको आयोजनाको लागि निर्माण भइरहेका पूर्वाधारहरू ९० प्रतिशत सकिसकेका र केहीले अन्तिम रूप पाइसकेको पनि विष्टले जानकारी दिए । अबको दुई महिनाभित्र सबै पूर्वाधारसँगै नेपालगञ्ज रंगशाला र दाङ रंगशाला पनि तयार हुने उनकाे भनाइ छ ।

 

Post Add 1025X115
Loading...