‘भागेर आयो भन्छन्’-तर जापानबाट यसकारण फर्किएँ-फुपुल्हामु

1

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सोलीडारिटी कोर्सका लागि करीव आठ महिना अगाडी जापान गएकी ओलम्पियन जुडो खेलाडी फुपु ल्हामु खत्री निकै कठिन परिस्थितीका विच फर्किएकी छिन । ओलम्पिक सोलिडारिटीको कोर्षका लागि जापान जाँदा जुन सोचाईका साथ उनी गएकी थिइन त्यो नपाएपछि उनले विचैमा कोर्ष त्यागेर फर्किएकी हुन । प्रशिक्षणको विचमा नै फर्किएपछि फुपु विरुद्ध जुडो संघ र नेपाल ओलम्पिक कमिटी निकै रुष्ट देखिएको छ ।

सो कोर्ष नै नसकी विचमा नै फर्किएपछि जुडो संघका अध्यक्ष दीपकहर्ष बर्जाचार्यले भने– ‘उनले हामीलाई पहिले निकै गार्हाे भयो भनेर जानकारी गराएकी थिइन, तर हामीले उनलाई राक्ने प्रयास गरेका थियौ, उनलाई के गाहे भएको छ, त्यो बुझ्न खोजेका थियौ, यसकालागि ओलम्पिक कमिटीसँग कुरा पनि गरेका थियौ ।’

‘हामीले उनलाई यसमा धेरै हातहरु हुन्छन, स्विकृती नलिइ आउन मिल्दैन भने पनि सम्झायौ, सायद मलाई लाग्छ उनी बस्ने होस्टेलमा उनलाई राम्रो बाताबरण भएन होला, तरपनि हामील सम्झाउदा पनि जानकारी नदिइ फर्किदा निकै गाहे भएको छ । किनकी त्यहाँ उनलाई सबै किसिमको सुविधा थियो, खानेबस्ने, प्रशिक्षण देखि पढ्नेसम्मको सुविधा थियो । तर खै अचानक के भयो उनी एक महिना भन्दा अगाडी करीव १५ दिनको विचमा अचानक नेपाल फर्किने निर्णय गरिन ।’

‘घरका मानिसले पनि हामीलाई प्रेसर दिएका थिए । साह्रै प्रेसर दिए पछि हामीले ओलम्पिक कमिटिमा सम्पर्क गर्यौं । त्यसपछि ओलम्पिक कमिटिले उनीहरुले पठाएको पहिलो रिपोर्ट आएको छ, त्यो हेरौं भन्यो । हामीले फाइनल रिपोर्ट पनि मागेका छौं । त्यसपछि के भएको हो त्यो थाहा हुन्छ । पहिला पनि उसको नियमित रिपोर्टहरु हामीले पाएका थियौं । त्यसमा उ पनि सन्तुष्ट थिएन र रिपोर्ट पनि त्यति सन्तुष्ट हुने खालको आएको थिएन् । उसले राम्रो गर्न नसकेपछि हामीलाई धेरैनै थ्रेट दिइन ।’

‘परिवारले यो कुरा थाहा पाए पछि डराएर जापान टिकट पठाएको कुरा उसको दिदीले बताएकी थिइन् । ओलम्पिक कमिटिले उसलाई फिर्ता बोलाउने भनेर कुरा भइसके पछि मैले इमेल पनि गरेको थिए ।तर जवाफ आएन । मलाई चिन्ता त लागि रहेको थियो । भोलिपल्ट उसको दिदीसँग कुरा गर्दा फुपु त सोमबार मंगलबारसम्म मात्र पर्खने कुरा गर्छ । त्यसैले हामीले टिकट पठायौं उ त अहिले हङकङ आइसक्यो भनिन् ।’

अब कारबाही हुन्छ ?

उनले भने-‘अहिलेसम्म त हामीले कुनै निर्णय गरेका छैनौं । हामीले अन्तिम रिपोर्ट हेरेर यसबारे थप निर्णय गर्ने छौं । उसले जानकारीनै नगराएर आएकाले यस विषयमा केही न केही कारबाही त गर्नै पर्छ । अहिले उसलाई कारबाही नगर्ने हो भने अरुलाई पनि असर गर्छ ।’

आफुखुसी फर्किइन–ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठ

ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी जुडो खेलाडी फुपुलामु खत्री आफै खबरै नगरी फर्किएकाे श्रेष्ठले बताए । उनले भने-‘पहिला उनले वातावरण मिलेन भन्ने कुराहरु आइरहेको थियो, हामीले पढ्नका लागि पनि राम्रो हुन्छ, यो कोर्ष नै राम्रो हो भनेर ‘काउन्सिलिङ’ गरेका थियौं । त्यहाँको विश्वविद्यालयमा खान बस्न र प्रशिक्षणका लागि ओलम्पिकको टिमसँग राखेर तयारी गराएका थियौं । उनले संघलाई त्यस्तै ‘थ्रेट’ पनि गर्यो ।’

उनले थपे-‘फर्काउनका लागि हामीले औपचारिक प्रक्रिया चाल्दै थियौं । एकै पटक उसलाई फर्काउन मिल्ने अवस्था थिएन । किन भने अन्तर्राष्ट्रिय ओलम्पिकको सोलिडारिटी हो । उसलाई पठाउँदा तीन पक्षीय समझदारीमा भएको काम थियो । त्यसैले औपचारिक प्रक्रिया पुरा गर्न जरुरी थियो ।’

‘हामीले पत्राचार गर्दै थियौं, तर उ बीचमा आफू खुसी फर्किएर आइ । उसले उता पनि खबर नगरी फर्कि । यसले गर्दा हामीलाई पनि अप्ठेरो परेको छ । उक्त कोर्षका लागि २ जनाको हामीले लिएका थियौं । यसपछि मनिता श्रेष्ठलाई पठाउने पाइप लाइनमा थियो । फुपुको कारणले मनिताको काम अघि बढ्न सकेको छैन् ।’

‘सन् २०२० मा टोकियो ओलम्पिक आयोजना हुन लागेकाले उनीहरुले केही खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएका थिए । त्यसै अन्तर्गत सुरुमा २ जनाको कोटा लिएका थियौं । अरुको लागि पनि हामीले कुरा गरिरहेका थियौं । यो केसले गर्दा अप्ठेरो पर्ने भएको छ ।’

‘अहिले सम्म फुपुले हामीलाई भेट्न पनि आएको छैन् । खबर गरेको पनि छैन । मैले सुने अनुसार एशोसिएशनलाई पनि कुनै खबर गरेको छैन । तर उ यहाँ आइसकेको छ । अब हामीले यो विषयमा अफिसियल प्रोसेस पनि गर्दैछौं । यस्तो गैह्र जिम्मेवार तरिकाले त काम गर्नु त भएन नी । उ बस्नै नसक्ने भनिसके पछि त हामीले पनि त्यसबारे विचार गर्दै थियौं । हामीले त उसको भविष्य पनि राम्रो हुने राष्ट्रलाई पनि फाइदा पुग्ने भन्दै त्यहाँ पठाएका थियौं । यो त करोडौंको प्रोजेक्ट हो । यसले गर्दा अरु नेपाली खेलाडीलाई पनि जापानले दिने सुविधामा प्रभाव पर्ने भएकाले यसलाई सल्टाउने प्रयासमा छौं ।’

फुपुको ब्यथा 

फुपुसँग सम्पर्क गर्दा उनले आफु फर्किनुको कारण यसरी बताइन् । ‘विचमा छोडर आयो, फर्केर आयो, भागेर आयो भन्ने कुरा सुन्दैछु तर किन फर्किए त्यो मलाईमात्र थाहा छ । बाताबरण नै भएन, कन्ट्रोलमा राख्ने, साथिहरु नबोल्ने, आफै आफै बोल्ने, मलाई स्पेस नदिने, आफै घुम्न जाने, २४ घण्टा एक्लै हुने, निकै कठिन भयो, धेरै कुराहरु छन तर भनेर के गर्नु, गाहे छ ।’

‘त्यहाँ हामी समुह त समुहमा नै प्रशिक्षण गथ्र्यो, साथीहरु त हुन्थे, तर उनीहरु बोल्न नखोज्ने, म नेपालको भनेर स्पेस नदिने, प्रशिक्षण हुँदासँगै भएपनि त्यसपछि होस्टेलमा एक्लै हुने, मोबाइल चलायो, बस्यो, मोबाइल चलायो, पढ्यो, २४ घण्टा एक्लै जस्तो, कति गाहे भयो त्यो मलाई मात्र थाहा छ । मलाई कति गाहे भयो त्यो मलाई मात्र थाहा छ तर उहाँहरुलाई बुझाउन सकिन की बुझ्नु भएन थाहा भएन ।’

‘मैलै सबैलाई खवर गरेको थिए, मैले दिपक र जीवनरामलाई खवर गरेको थिए, मलाई धेरै गाहे भयो, के गर्ने सर भनेर बारम्बार भने, त्यत्रो ६ महिना हंगेरीमा प्रशिक्षण गरेर आएको हो, गर्न त सक्छु तर यहाँको बाताबरणमा म गर्न सक्दिन, हार खाएर फर्किने मान्छेपनि होइन, पहिलो पटक यस्तो गाहे भयो के गर्ने सर भनेको थिए, उहाँहरुले ल ठिक छ, हामी जापनीजहरुलाई भनेर प्रक्रिया अगाडी बढाउनुपर्छ भन्नुभयो, मैले कति दिन लाग्छ भन्दा ५-६ दिनसम्म पनि रेस्पोन्स आएन, मलाई त्यहाँ बस्न निकै गार्हाे भइसकेको थियो, जीन्दगीमा नहुने गाहे भएको थिएन ।’

दिमाग ‘ब्ल्यांक’ भयाे


‘म के गर्ने कसो गर्ने भनेर दिमाग नै चल्न छोड्यो, दिमाग पुरै ब्ल्यांक भयो, सरहरुलाई मैले तपाईहरुले गर्न सक्नुहुन्न भने म आफ्नो तरिकाले अगाडी बढ्छु भने, मलाई के लाग्यो भने उहाँहरुले मेरो फिलिङ नै बुझ्न नसकेको जस्तो लाग्यो । म मुर्नपर्ने बाध्यता आइसक्यो भन्दा उहाँहरुले मैले सुसाइड गर्छु भनेर धम्क्यायो जस्तो बुझ्नु भएन, मैले बारम्बार सरहरलाई आफ्नो कठिनाइका बारेमा भनेको हो, जानकारी नदिएको आयो भनेर भन्न मिल्दैन सरहरुले हैन, मैले हरेक पटक म्यासेज गरेको थिए, तर अब म हिडे आज हिड्न लागेको भनेर भनिन, बारम्बार म्यासेज गर्दापनि हुन्छ भोली पर्सिसम्म भन्नु हुन्थ्यो तर खै अहिलेसम्म भएन अब कुर्न सक्दिन भनेर हिडेको हो ।’

परिवारमा रूवाबासी

‘यता परिवारमा आमा र दिदी जहिले रुने गार्हाे भइसक्यो, छोरीलाई के गर्ने कसो गर्ने भनेर, सबैले मेडल ल्याउछ फुपुले भनेर भन्ने, तर गाहे पर्दा कसैले पनि ध्यान नदिने, आफ्नो परिवारकै सपोर्टमा फर्किएको हो ।’

‘यता आएपछि मैले दिपक सरलाई जानकारी गराए, दिपकसरले आयौं ठिकै छ अब के गर्ने भन्नु भयो, अनि एक दिन भेट्न बोलाउनु भयो, म आमासँग बौद्धमा काममा थिए, त्यहिपनि मैले सरलाई मिटिङ छ भने म आउछु भने, तर होइन अब तिमी एउटा निवेदन लेखेर देउ भन्नु भयो मैले निवेदन पनि लेखेर दिए, तर त्यसपछि दुई साता भन्दा बढी भइसक्यो केहि रेसपोन्स आएको छैन ।

उता प्रशिक्षण कडा भन्दापनि त्यहाँको बाताबरणमा घुलमिल गर्न नै निकै कठिन भएको हो, यदि त्यहाँको बाताबरणमा भिज्न सकेमा बस्न सकिन्छ, म चाहि निकै कठिन नै भएर फर्किएको हो ।

पछिल्लाे एक महिना देखि फुपु नेपालमा नै छिन । तर याे समस्यालाइ लम्ब्याउनु भन्दा यसलाइ कसरी सल्ट्याउने त्यसमा ध्यान दिन जरूरी छ ।

Post Add 1025X115
Loading...