आइएफबीबी लिग बडिबिल्डिङका लागि ‘राेली-द बिष्ट’ नेपाल आउँदै

0

नेपालमा पहिलाे पटक हुन लागेकाे आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार नेपाल आउनेभएका छन ।

उनी फेब्रुअरी १४ मा नेपाल आउँदैछन् । १७ तारिखमा उनी फर्किने छन् । विङ्कलार यस वर्षको ‘आर्नोल्ड क्लासिक’ विजेता हुन् । नेदरल्यान्डमा जन्मिए पनि विङ्कलार अमेरिकामा बसोबास गर्छन । ‘द बिष्ट’ र ‘ सामुराई’ को उपनामले चर्चित विङ्कलार विश्वको सबैभन्दा ठूलो ज्यान भएको व्यक्ति हुन् ।

नेपालमा आयोजना हुने प्रतियोगितालाई ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ नाम दिइएको छ । प्रतियोगिता काठमाडौंस्थित ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने पक्का भइसकेको छ ।
प्रतियोगितामा भाग लिन संसारभरीका १ सयभन्दा बढी बडिबिल्डर नेपाल आउँदैछन् । उनीहरूले ४ वटा क्याटागोरीमा ‘प्रो कार्ड’ जित्न नेपालमा आफ्नो भीमकाय शरीर देखाउने छन् । नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि भिडन्त हुँनेछ ।

नेपालमा एउटै खेलका लागि यति ठूलो संख्यामा आजसम्म विदेशी खेलाडी आएका छैनन् । त्यसैले यो प्रतियोगिता नेपाली खेल इतिहासकै सबैभन्दा ठूलो र भब्य प्रतियोगिता हुने अायाेजककाे दावी छ । प्रतियाेगितामा भाग लिन अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने छन् भने नेपाली खेलाडीको पनि सहभागिता हुनेछ ।

शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’ मा छनाेट हुन ‘प्रो क्वालिफायर’ खेल्नु पर्ने भएकाले ‘मिस्टर ओलम्पिया’ मा भाग लिन खेलाडीले अनिवार्य ‘प्रो कार्ड’ जित्नु पर्ने हुन्छ । यही ‘प्रो क्वालिफायर’ मा उत्कृष्ट हुने बडिबिल्डरले ‘प्रो कार्ड’ प्राप्त गर्छन र ‘मिस्टर ओलम्पिया’ का लागि छनोट हुन्छन् । नेपालले पनि पहिलो पल्ट यही ‘प्रो क्वालिफायर’ को आयोजना गर्न लागिएकाे अायाेजकले बताएका छन ।

यसका साथै प्रतियाेगितामा सहभागि सबै जज विदेशी हुनेछन । कार्यक्रममा अायाेजक प्रमुख सानु गुरूङले नेपालका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेमा विश्वास ब्यक्त गरे । साथै उनले विश्वबडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर महर्जनले पनि सहभागिता जनाएमा झन राम्राे हुने बताए ।

Post Add 1025X115
Loading...