टी- २० महिला स्म्यासमा नेपालसँग थाइल्याण्ड ए १९ रनमा समेटियाे

0

थाइल्याण्डमा जारी टि–२० महिला स्म्यास क्रिकेटमा घरेलु टिम ‘ए’ लाई नेपालले १९ रनमा समेटेको छ । टस जिति पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा १९ रन बनाएको हो । २० रनकाे लक्ष्य पछ्याउन केहीबेरमा ब्याटिङ थाल्ने छ ।

थाइल्याण्ड ‘ए’ का कुनै पनि खेलाडीले नेपाली बलरसामू खुलेर खेल्न सकेनन् । थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् ।

खाता नखोल्दै पहिलो विकेट गुमाएको थाइल्याण्डले २ रन जोड्दा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ८ रनको साझेदारी गर्दै स्कोर बोर्डमा १० रन पुग्दा तेस्रो देखि छैटौं विकेट गुमाउन पुग्यो । ११ रन बनाउँदा सातौ विकेट गुमाएको थाइल्याण्डले १५ रनमा आठौं र नवौं विकेट गुमाएको थियो ।

सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई दुई विकेट लिँदा रुवीना क्षेत्री, सिता रानामगर र सोनु खड्काले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...