पोखरा रङ्गशालालाई बहुद्देश्यीयरुपमा विकास गरिने

0

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रङ्गशालालाई बहुउद्देश्यीय रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्य लिइएको बताएका छन् ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा शुरु दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले दीर्घकालीन सोचका साथ संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । उनले दक्षिण एशियाली खेलकूद (साग)का लागि आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षले जोड दिनुपर्ने बताएका थिए।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा बन्ने कुनै पनि संरचना स्वीकृत गर्नुअघि परिषद्को बैठकमा ल्याएर विवादरहित ढङ्गले निर्माण कार्यअगाडि बढाउनुपर्नेमा जोड दिए।

Post Add 1025X115
Loading...