यु १९ एशिया कप जुलाई र अगष्टमा, नेपालले छनाैंट मे महिनामा खेल्ने

0

काठमाडौं, १ माघ । यु १९ एशिया कप क्रिकेट आउँदाे जुलाई र अगष्टमा श्रीलंकामा शुरुहुने भएको छ ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरि ५ टेस्ट राष्ट्र र ३ छनोट राष्ट्र गरि ८ टिम सहभागी हुनेछन्।
त्यस्तै प्रतियोगिताको पूर्वी छनौट आगामी मे मा मलेसियामा हुनेछ । पूर्वी छनौटमा नेपाल सहित मलेसिया, थाइल्याण्ड, भुटान, हङकङ, चीन, सिंगापुर र म्यानमार सहभागि हुने छन् ।
त्यस्तै प्रतियोगिताको पक्षिम क्षेत्र छनौट आगामी फेब्रुअरीमा हुनेछ ।
उक्त छनौटमा कुवेत, युएई, कतार, बहराई, साउदी अरब, कतार माल्दिभ्स र इरानले खेल्ने छन् । यी दुवै छनौटबाट उत्कृष्ट ३ टिमले एशिया कप खेल्न पाउने छन् ।

Post Add 1025X115
Loading...