मनमोहन स्मृती क्रिकेटमा प्रदेश ७ द्वारा प्रदेश पाँच ११८ रनले पराजित

0

इनरूवामा जारी मनमोहन स्मृती एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश सातले प्रदेश ५लाई एक सय १८ रनको भारी अन्तरले हराएको छ ।

अघिल्लो खेल जितेको प्रदेश पाँच आजको खेल जितेको खण्डमा सेमिफाइनलमा प्रवेश गर्ने थियो । तर समूहमा प्रदेश सातले समेत पहिलो खेल जितेकाले भोलि हुने भारत सुपौल र आजको बिजेता प्रदेश सात बिचको खेलले सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउने छ ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश सातले आठ बिकेट क्षतिमा दुई सय ४४ रन बनायो । उसका लागि लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रन बनाए । यस्तै बिपिन रावलले २४ र नारायण जोशीले २२ रन बनाउँदा केदार बोहरा र दिपेन्द्र थापाले २१–२१ रन बनाएका थिए । बलिङमा मान बहादुर थापाले तीन विकेट लिए ।

जवाफमा प्रदेश नम्बर पाँच २८ ओभर तीन बलमा एक सय २६ रनमा समेटियो । प्रदेश पाँच कालागि कृष्ण कार्कीले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् । उसका सन्दिप रजालीले १४, सुबेन्डु पाण्डे र बिक्रम भुषालले समान ११ रन बनाए । प्रदेश पाँचलाई सस्तैमा समेट्न प्रदेश सातका बिक्रम ठगुन्नाले चार विकेट लिए । त्यसैगरी नारायण जोशी र शेर मल्लले समान दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...