प्रशिक्षणबाट समय निकालेर क्रिकेटर चिडियाखाना घुम्दा… (फाेटाेफिचर)

0

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापन रहेको सदर चिडियाखाना ललितपुरमा भ्रमण गराईएको छ ।

कोष र क्रिकेट खेलाडी सङ्घको आयोजनामा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाइ चिडियाखानाको अवलोकन भ्रमण गराईएको हो । पारस खड्कासँगै राष्ट्रिय खेलाडी सोमपाल कामी, शरद भेषवाकर, करण केसी, सुसन भारी, सन्दीप जोरा, वसन्त रेग्मी, विक्रम सोभ लगायतका खेलाडी चिडियाखाना पुगेका थिए ।

एक वर्ष अगाडि नै प्रकृतिसँग खेलाडीलाई जोड्ने प्रयास गरिएकामा यसपटक सफल भएको सदर चिडियाखानाले जनाएको छ । खेलाडीमार्फत बढीभन्दा बढी प्रचारप्रसार हुने र वन तथा वन्यजन्तु संरक्षणमा जनचेतना फैलाउन सकिने भएकाले पनि राष्ट्रिय खेलाडीलाई भ्रमण गराइएको प्रकृति संरक्षण कोषले जानकारी दिएको छ । कार्यक्रममा कप्तान खड्काले आगामी दिनमा बन्यजन्तुको संरक्षणमा खेलाडीले कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा अभियान चलाउने बताउनुभयो ।

विश्वव्यापी जलवायु परिवर्तनको समस्या बढिरहेका बेला क्रिकेटरमार्फत प्रकृति संरक्षणमा चेतना फैलाउँदा विश्वमा ठूलोे सन्देश जाने र नेपालले संरक्षणमा गरेको योगदान पनि विश्वसामु फैलने विश्वास रहेको कप्तान खड्काले बताउनुभयो ।

सो अवसरमा कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षणमा गरेको योगदानबारे खेलाडीलाई जानकारी गराए।

Post Add 1025X115
Loading...