खुला ह्याण्डबल भोलिदेखि

0

नेपाल ह्याण्डबल संघको आयोजनामा माघ १–३ गतेसम्म काठमाडौं कपनस्थित ह्याण्डबल खेल मैदानमा “महिला तथा पुरुष खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता–२०७५” हुने भएको छ ।

नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा पुरुष –महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।

दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उपाध्यक्ष पोखरेलले बताए ।

Post Add 1025X115

Loading...