पर्सिजा छाेडेका राेहितलाई अनुबन्ध गर्न २ क्लव इच्छुक

0

इन्डोनेसियन लिगको उपाधि जित्दा मोस्ट भ्यालुएबल खेलाडी बनेका रोहित चन्दले पर्सिजा जाकार्ताबाट बाहिरीने निर्णय गरेसँगै अर्को क्लवमा अनुबन्धका लागि तयारी अगाडी बढाएका छन ।

जसका लागि इन्डोनेसीयाकै मथुरा युनाईटेड र बाली फुटबल क्लवसँग कुरा चलिरहेको बुझिएको छ । यसका साथै रोहितलाई अनुबन्ध गर्न थाइल्याण्डको क्लव पनि इच्छुक देखिएको छ ।

सन् २०१३ देखि १५ र अघिल्लो सिजन पर्सिजा जाकार्ताबाट खेलेका रोहित नयाँ सिजनमा आफ्नो सम्झौता नलम्ब्याउने पक्का भएको छ । अब रोहितलाई अनुबन्ध गर्न मथुरा युनाईटेड र बाली फुटबल क्लवसँग कुरा भइरहेको र चाँडै कुन क्लवमा जाने भन्ने टुंगो लाग्नेछ ।

यता पर्सिजा जाकार्ताका प्रशिक्षक टेको बाली युनाईटेडमा जाने कुरा भइरहेकाले रोहित पनि सो क्लवमा जानसक्ने संभावना रहेको छ । रोहितलाई अनुबन्ध गर्न दुबै क्लव इच्छुक रहेका छन । अब कुन क्लवले रोहितलाई अनुबन्धका लागि बढि रकम खर्च गर्छ त्यो हेर्न बाँकि छ ।
यसैविच रोहितलाई अनुबन्ध गर्न थाइल्याण्डबाट पनि अफर आएको छ । तर कुन क्लवले भन्ने बारेमा एकिन हुन सकेको छैन ।

Post Add 1025X115

Loading...