एन्फाबारे छानविन गर्न अख्तियारले काट्याे मन्त्रालयलाई पत्र

0

काठमाडौं, ३० पुस । अखिल नेपाल फुटबल संघ एन्फामा भएको भनिएको अनियमितता छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिएको छ ।

गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनका क्रममा आर्थिक अनियमितता भएको लगाएतका विभिन्न आरोपहरु लगाउँदा काठमाडौं, भक्तपुर ललितपुर र धादिङका जिल्ला अध्यक्षले राष्ट्रिय खेलकूद परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र एएफसीमा निवेदन दिएका थिए ।

अख्तियारले आज मन्त्रालयलाई पत्र पठाउँदै १० दिन भित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको श्रोतले जनाएको छ ।

साथै अख्तियारले युवा तथा खेलकूद मन्त्रालयलाई लेखेको पत्रमा पछिल्लो समय नेपाली खेलकूदमा भइरहेका गतिविधिबारे छानविन गर्न र विशेष गरि एन्फामा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने भनेको श्रोतले जनाएको छ ।

गत पुस १७ गते फुटबल संघ काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।

Post Add 1025X115

Loading...
P