विशाल गाेल्डकपमा आर्मीकाे जितमा खवासकाे ह्याट्रिक

0

भरत खवासले गरेको ह्याट्रिकसँगै दोस्रो विशाल स्मृती फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा दोस्रो ह्याट्रिक गर्न सफल आर्मीका भरत खवास नै म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

Post Add 1025X115
Loading...