एकदिवसीय क्रिकेटमा प्रदेश ५ काे भारतीय टिममाथि २३ रनकाे जित

0

इनरूवामा जारी मनमोहन स्मृती एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा प्रदेश नम्वर पाँच बिजयी भएको छ ।

इनरूवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर पाँचले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्वर पाँचले ४९ ओभर दुई बलमा दुई सय ५३ रनमा अलअाउट भयाे । उसकालागि प्रकाश केसीले ४६ रनको पारी खेल्दा सुबेन्डु पाण्डेले ४०, कृष्ण कार्कीले ३८ र सन्दिप सुनारले ३० रन बनाए । भारतीय टिम सुपौलकालागि सिवान्सी राजा, इन्द्रजित पोदार र मयंक पमनानीले समान तीन तीन विकेट लिए ।

दुई सय ५४ रनको लक्ष पछ्याएको भारतीय टिमलाई ४९ ओभर एकमा दुई सय ३० रनको स्कोरमा अलआउट पार्दै प्रदेश पाँचले २३ रनको जित निकालेको हो ।

प्रदेश पाँचलाई जित दिलाउने क्रममा रुपेश कुर्मी एक्लैले पाँच विकेट चट्काए । सात दशमलव एक ओभर बलिङ गरेका कुर्मीले मात्र २९ रन खर्चिए । भारतीय टिमका तर्फबाट जयचन्द यादवले ४० रनको पारी खेलेका थिए । त्यसैगरी राजेश सिंहले ३९ रन जोड्दा उत्कर्श भास्करले ३७ र रिन्कु सिंहावतले ३४ रन बनाए । खेलको म्यान अफ द म्याच रुपेश कुर्मी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश नम्वर सात र प्रदेश नम्वर पाँचबिच हुने छ ।

Post Add 1025X115
Loading...