फाल्गुनन्द गाेल्डकपमा दर्शककाे ओइरो, टिकट विक्रिबाट मात्र १२ लाख भन्दा बढी कमाई

0

पाँचथरकाे फिदिममा भएकाे फाल्गुनन्द गोल्डकप फुटबलमा दर्शककाे सहभागिताले प्रतियाेगिताका आयाेजक निकै हाैसिए । पहिलाे दिन देखि नै समर्थककाे बाक्लाे उपस्थिती रहेकाे प्रतियाेगिताकाे फाइनलमा मैदानकाे वरपर खुट्टा टेक्ने ठाउँ नै भएन । पुरै प्रतियाेगितामा आयाेजकले  करीव १३ लाख रूपैयाँ टिकट विक्रिबाट संकलन गरेका छन् ।

भनिन्छ फुटबलमा १२ औं खेलाडीका रूपमा दर्शक हुन्छन् । दर्शक विनाकाे खेल निकै खल्लाे हुन्छ । यस्ताेमा पनि नेपालका विभिन्न स्थानमा हुने फुटबल प्रतियाेगितामा दर्शककाे निकै राम्राे उपस्थिती हुने गरेकाे छ । यस्तै देखियाे फाल्गुनन्द गाेल्डकपमा पनि । यसकाे उद्घाटन खेलमा एक सय रूपैयाँ टिकट दर राखिंदा एक लाख ५२ हजार रूपैयाँ संकलन भएकाे थियाे ।

दोस्रो खेलमा घरेलु टिमकाे खेल भए पनि मात्र ९० हजार आम्दानी भयाे भने  तेस्रो खेलमा आयोजकले टिकट दर १ सय ५० रूपैयाँ पुर्यायाे । यसकाे मुख्य कारण दर्शककाे ओइराे लागेका कारणपनि हाे । झापा ११ र एपीएफबीचकाे खेलबाट आयाेजकले एक लाख १४ हजार आम्दानी गरे भने फिदिम स्पोर्टिङ र आर्मीसँगकाे खेलबाट ८३ हजार प्राप्त गरे ।

सुनसरी र सरस्वती युथ क्लबबीच भएको पाँचौ खेलमा एक लाख २ हजार ५ सय, छैटौ खेलमा रोयल एफसी दार्जीलिङ र ब्वाइज युनियनकाेमा टिकट बिक्रीबाट ९७ हजार हात पारे ।

दुई सेमिफाइनल खेलमा भने टिकट दर बढाएर दुई सय बनाए। जसमा पहिलो सेमिफाइनल खेल झापा ११ ले सरस्वती युथ विच हुँदा एक लाख ८६ हजार ६ सय रुपैयाँ र आर्मी र रोयल एफसी बिचकाे दोस्रो सेमिफाइनल खेलबाट एक लाख ७५ हजार संकलन गरे । 

फाइनलमा आर्मी र झापा ११ खेल्दा साढे २ लाख रूपैयाँ भन्दा बढी संकलन भयाे । जसका कारण आयाेजकले टिकट विक्रिबाट नै १२ लाख भन्दा बढी रूपैयाँ संकलन गर्न सफल भए । 

Post Add 1025X115

Loading...